नागढुंगा-मुग्लिङ र कमला-पथलैया सडक सुधारका निम्ती विश्व बैंकद्वारा ५४ अर्ब ऋण सहयोग प्रदान

काठमाडौं । नेपालका रणनीतिक सडकको सुधार तथा क्षमता अभिवृद्धिमा विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ) ऋण सहायता प्रदान गरेको छ ।

यससम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । यो सहयोगको परिचालनबाट कोभिड-१९ पछि आर्थिक गतिविधिलाई बढावा दिनसमेत उल्लेख्य सहयोग पुग्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार यो रकम नागढुंगा-नौबिसे-मुग्लिङ सडकखण्ड सुधार गर्न र कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउन समेत यो रकमको उपयोग गरिने भएको छ । यस आयोजनाले सीमा-नाकामा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्दै विद्यमान व्यापारिक सेवालाई सहज बनाउन, कृषिजन्य निर्यात प्रवर्द्धन गर्ने समेत योजना छ ।

शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *