काठमाडौँ । काठमाडौँको टोखाबाट अपहरणमा परेका रामबाबु साह नाम गरेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार साहलाई भक्तपुरको लोकन्थली नरेफाँटबाट सशुकल उद्धार गरिएको हो । थापाले अपहरणमा संलग्न ७ जनालाई समेत सोही ठाउँबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।
२५ लाख रुपैयाँ लेनदेनको मामिलामा साहलाई अपहरण गरिएको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ । अपहरणकारीले अपहरित साहका छोरालाई फोन गरेर ‘२५ लाख रुपैयाँ लिएर आउन र बुबालाई फिर्ता लैजान भन्दै’ फोन गरेका थिए ।
उक्त फोनपछि साहका छोराले प्रहरीलाई सम्पर्क गरेका थिए । प्रहरीले पैसा बुझाउन जाने बाहनामा साहको सकुशल उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ ।