झण्डै ८ करोड ठगी गर्ने जिन्दल पक्राउ

काठमाडौ । विभिन्न बहाना बनाएर ७ करोड ८२ लाख ठगी गरेको अभियोगमा मनिष अग्रवाल भन्ने चन्दन जिन्दललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

झापाको दमक बस्दै आएका जिन्दललाई ठगीको अभियाेगमा जिल्ला प्रहरी कार्यालय बाराले उच्च अदालत जनकपुरमा मुद्धा दर्ता गरी पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएका थिए । भक्तपुरमा लुकी छिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

विभिन्न उपनाममा ठगी गर्दै आएका जिन्दलले झापा, बारा, पर्सा, सर्लाहीका २२ जनाबाट ७ करोड ८२ लाख रुपियाँ संकलन गरी बेपत्ता भएका थिए ।

पक्राउ परेका जिन्दलले तराईका विभिन्न खाद्य व्यापारीबाट उधारोमा खाद्य सामग्री उठाउने र काठमाडौँमा ल्याएर सस्तो मुल्यमा बिक्री गरेर ठगी गर्ने गरेको पनि महाशाखाले जनाएको छ । पक्राउ परेका जिन्दलले झापामा भने हार्डवेयर र जग्गा ठगी गरेको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *