- 7Shares
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्ध कोरोना संक्रमणको उक्त प्रतिष्ठानमा उपचारत रहेका थिए ।
प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । नेपालभर कोरोनाबाट मृत्यु हुने पछिल्लो घटनापछि मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।
- 7Shares