पूर्वी नवलपरासीमा ५ सुरक्षाकर्मीसहित १८ कोरोना संक्रमित

 नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गत असार ३० गते संकलन गरी पठाइएको नमूना स्वाव हेटौडा प्रयोगशालामा परीक्षण गर्दा ५ महिला सहित १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिने हरुमा गैडाकोट नगरपालिका वडा नंं. १ का १ जना, वडा नं. २ का १० जना, वडा नं. ४ का २ जना वडा नं. ५ का १ जना, वडा नंं. ६ का १ जना र वडा नं. का ३ जना रहेकाछन् ।

संक्रमति मध्ये ५ सुरक्षाकर्मीहरुलाई बुधवार नै प्राकृतिक चिकित्सालय रजहरको आईसोलेशनमा राखिएको चिकित्सालय ब्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *