बलात्कारको आरोपमा कालीकोटका वडाध्यक्ष पक्राउ

कालीकोट, १६ वर्षीया किशोरी बलात्कारको आरोपमा कालीकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पक्राउ परेका छन ।

आफ्नै गाउँकी बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि ललाइफकाइ बलात्कार गर्दै आएको उजुरी परेपछि शाहीलाई पक्राउ गरिएको प्रहरिले जानकारी दिएको छ ।

वडा अध्यक्षलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको र जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने प्रहरिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *