साढे चार करोड अवैध सम्पत्तिसहित उपसचिव रेग्मीविरुद्ध मुद्दा दायर

काठमाडौँ । गैरकानूनीरुपमा अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा बर्दिया जिल्लामा कार्यरत एक कर्मचारीको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मंगलबार मुद्दा दायर गरेको छ । गैरकानूनीरुपमा करिब ४ करोड ५४ लाख रुपियाँ आर्जन गरेको ठहर गर्दै बाँसगढी नगरपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखामा उपसचिव पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनले आर्जन गरेको तर स्रोत नखुलेको सम्पत्ति श्रीमती पम्फादेवी पाण्डेय तथा छेरी सन्ध्या रेग्मीसमेतका नाममा राखेको अनुसन्धानका क्रममा पाइएको छ । ती सबै सम्पत्ति जफत गर्न उनीहरुलाई समेत प्रतिवादी कायम गरि विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

२०५३ सालमा विद्यालय निरीक्षकको रुपमा सार्वजनिक सेवा सुरु गरेका रेग्मी २०७१ साल मंसिरमा उपसचिवमा बढुवा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *