USAID

दक्षिण अफ्रिकामा रक्सी प्रतिबन्धित


जोहानेसवर्ग । दक्षिण अफ्रिकाले कोरोना भाइरस महामारी फैलिनबाट रोक्ने उद्देश्यले रक्सी बिक्री वितरणमाथिको प्रतिवन्धलगायत नयाँ नीति सार्वजनिक गरेको छ । राति कर्फ्यू जारी गरिनुका साथै घरबाहिर निस्कँदा मास्क अनिवार्य बनाइएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले राष्ट्रिय स्वास्थ स्याहार प्रणालीको दवावको कारण यस वर्षमै दोश्रो पटक रक्सीमाथि प्रतिवन्ध लगाइएको जानकारी दिएका छन् । दक्षिण अफ्रिकामा कोभिड १९ संक्रमितको संख्या २ लाख ५० हजार नाघिसकेको छ ।

मृतकको संखया पनि ४ हजार नाघिसकेको छ भने वर्षको अन्त्यसम्ममा यो संख्या ५० हजार नाघ्ने अनुमान गरिएको छ । महादेशकै दक्षिण अफ्रिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक भएको छ । झण्डै पचास प्रतिशत संक्रमित गाउटेंग प्रान्तका रहेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *