पोल्यान्डका राष्ट्रपतिमा दुदा पुनः निर्वाचित

वार्सा । पोल्यान्डको सत्तारुढ राष्ट्रपति आन्द्रेज दुदा आइतवार सम्पन्न राष्ट्रपतीय चुनावमा आफ्ना प्रतिद्वन्द्वी राफाल ट्रजास्कोस्कीलाई झिनो मतले हराउन सफल भएका छन् ।

राष्ट्रिय चुनाव आयोगले दुदाले खसेको कूल मत मध्ये ५१ दशमलव २ प्रतिशत मत हासिल गरेको पुष्टि गरेको छ ।
सन् १९८९ मा कम्युनिस्ट शासन प्रणाली ढलेयताको यो पहिलो कम मतान्तरमा राष्ट्रपतिय चुनावको निर्णय भएको हो । चुनवका विभिन्न महत्वपूर्ण मुद्धा मध्ये एक मुलुकले युरोपेली संघ ( इयु )सँगको विग्रदो सम्बन्ध कसरी सुधार्ने भन्ने पनि एक हो ।

सोसियल कन्जरभेटिभ पार्टीका नेता दुदाले नेसनलिसट ल एन्ड जस्टिस पार्टीसँग मिलेर सरकार चलाउँदै आएका थिए । न्यायालय क्षेत्रमा गरिएका विवादास्पद सुधार कार्यहरु र गर्भपतन तथा समलिंगी अधिकारको निरन्तर विरोधमा लागेकाले पनि दुदाको चुनावी विजयमा टेवा पुगेको राजनीतिक विशलेषकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *