मस्काेमा नङ्गा तस्वीर खिचाउँदै सरकारकाे विरोध

मस्को । रुसी रेस्टुरेन्ट मालिक त्यहाँका कर्मचारीहरुले कोरोना भाइरसको कारण लगाइएको लकडाउनका कारण नराम्ररी आर्थिक नोक्सानीको मारमा परेको भन्दै आफ्नो व्यवसाय सुचारु गर्ने माग सहित खिंचेका नगा तस्वीरहरु सामाजिक संजालमा भाइरल भएका छन् ।

रेस्टुरेन्ट उद्योग जोगाउने अभियान अन्तर्गत ‘ फन्की फुड ११ ’ रेस्टुरेन्टका कर्मचारीले रसियाको क्रास्नोदारमा मुखमा मास्क बाँधेर नांगा तस्वीर खिचाएका छन् । तिनीहरुलाई अनुसरण गर्दै सयौं बार, रेस्टुरेन्ट र क्याफेका कर्मचारीले पनि धमाधम प्लेट, कप, ससप्यान, बोटल, वार स्टुल र नेप्किन होल्डरसंगै आफ्ना नांगो तस्वीर खिचेर सामाजिक संंजालमा सरकारी नीतिको विरोध स्वरुप अपलोड गर्न थालेको छन् ।

कजान शहरस्थित रिल्याव फेमिली वारका मालिक आर्थर गालाइच्युकले आफुहरुसँग केही पनि नरहेकाले प्रतिकात्मक रुपमा नाँगिनु परेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *