नक्कली अयोध्या खडा गरेर भारतले साँस्कृतिक अतिक्रमण गर्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्।


प्रधानमन्त्री निवास बालुवाटारमा भानु जयन्तीको अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलिले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको बताए ।

उनले भने “हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं। भारतका हैन अध्योध्याकालाई दिएका हौं। अयोध्या भनेको वीरगन्ज भन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *