चीनमा बाढीबाट झण्डै चार करोड जनता प्रभावित, २२ लाखको उद्धार

बेइजिङ्ग । चीनका विभिन्न ठाउँमा अविरल वर्षापछि आएको भिषण बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ । यो नेपालको सम्पूर्ण जनसंख्याभन्दा बढी हो । विभिन्न २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ । पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाखभन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।

चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १ सय ४१ जना व्यक्ति मारिएका र बेपत्ता भएका हुनसक्ने बताइएको छ । चीनको याङ्चेसहितका कैयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ । बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ ।

बाढीका यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पु¥याएको छ । यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ ।बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *