सुदूरपश्चिमका क्वारेन्टाइनमा बसेका ५ हजार ६ सयको अनिवार्य पीसीआर

बैतडी । भारत तथा तेस्रो मुलकबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सुदूरपश्चिमका सबै नागरिकको अनिवार्य कोरोना परीक्षण गरिने भएको छ । प्रदेशका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाको पिसिआर परीक्षण गरिने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीका अनुसार भारत तथा तेस्रो मुलकबाट आएर यहाँका क्वारेन्टाइनमा बसेका सबैको पीसीआर परीक्षणका लागि स्वाबको नमुना पठाउन प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ । क्वारेन्टाइनमा बसिरहेका तथा अवधी पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन निर्देशन दिएको डा अवस्थीले जानकारी दिए ।

प्रदेशका क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको भन्दै सरकारको कोरोना परीक्षण गाइडलाइन अनुसार नमुना पठाउन अनुरोध गरिएको छ । स्वास्थ्य निर्देशनालयले संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएका ५ देखि १० दिनभित्र पिसिआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमुना पठाउन आग्रह गरेको हो । हाल सुदूरपश्चिमका ९ वटै जिल्लाका क्वारेन्टाइनमा पाँच हजार ५ सय ८९ जना बसिरहेका छन् । यसअघि यहाँ क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडिटी गर्ने र पोजेटिभ आएपछि मात्रै पिसिआर गर्ने गरिएको थियो । सुदूरपश्चिममा अहिले सम्म ३ हजार ९ सय जनामा कोरोना पुष्टि भएको भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *