स्वास्थ्यकर्मीले १२ जनालाई कोरोना सारेपछि ललितपुरकाे लुभु सिल

 काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो ।

कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुरको महालक्ष्मी नगरपालिका ७, ८ र ९ तीन वटा वडा (लुभु) सिल गरिएको छ । बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडा अध्यक्षका दुई छोरामा कोरोना संक्रमण फैलाएको पाइएको हो ।

वडा अध्यक्षका दुवै छोरा डाक्टर हुन् । योसँगै वडा नं. ८ का वडाअध्यक्षका सबै परिवार होम क्वारेन्टाइनमा रहेका छन् । शनिबार नगरपालिकाले फ्रन्टलाईनमा रहेर काम गर्ने करिब २ सय १३ जनाको पिसीआर परीक्षणका लागि स्वाब पनि संकलन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *