बीसीजी प्रयोग भएका देशमा कोरोनाकाे मृत्युदरमा कमी

भर्जिनिया । कोरोना भाइरस संक्रमणबाट बचाउन र उपचार गर्न खोप तथा औषधीको खोजीमा वैज्ञानिकहरु लागिरहेका छन् । यसबीच क्षयरोग (टीबी) का लागि प्रयोग हुँदैआइरहेको सताब्दीऔं पुरानो औषधि बीसीजीबाट कोरोनाका कारण हुने मृत्यदरलाई कम गर्ने आशा जागेको छ ।

पछिल्लो एक अध्ययनले अमेरिका जस्तो विकसित देशको तुलनामा ल्याटिन अमेरिका तथा अन्य विकासशिल देशमा मृत्युदर कम हुनुको पछाडि एक कारण टीबीको खोप पनि हुन सक्ने देखाएको छ । भर्जिनिया टेकको कलेज अफ नेचुरल रिसोर्जेज एन्ड इन्भारोन्मेन्टका सह प्राध्यापक लुइस एस्कोबारले केही अत्यधिक घना आवादी भएर पनि विकासशील देशमा अमेरिकाको तुलनामा कम मृत्युदर हुनुको कारणका बारेमा अनुसन्धान गरेका थिए ।

जुन देशमा कोविड १९ का कारण मृत्युदर कम छ, त्यहाँका मानिसहरुको उमेर, आय र स्वास्थ्य उपचार सुविधालाई लिएर पनि धेरै विविधता रहेको अनुसन्धानमा देखियो । यद्यपी यी सबैमा एक समान कुरा भनेको टीबीको खोप कार्यक्रम मात्रै हो ।

टीबीको औषधि बेसिलस क्यालमेट ग्युरिन (बीसीजी) सामान्यरुपमा अमेरिकामा प्रयोग हुँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग विकासशील देशमा धेरै हुने गर्छ । अध्ययनमा बीसीजी खोप कार्यक्रमको कोविड १९ का कारण मृत्युदरमा एक अर्काबीच गहिरो सम्बन्ध रहेको देखाएको छ । बीसीजी इन्डेक्समा १० प्रतिशत बृद्धीसँगै कोविड १९ को मृत्युदर १० दशमलव ४ प्रतिशत कम भएको अनुसन्धानकर्ताहरुले बताए ।
गत अप्रिलमा मात्र डब्ल्युएचओले बीसीजी खोपको कोविड १९ बाट संक्रमितलाई बचाउने कुनै प्रमाण नभएको उल्लेख गर्दै धेरै जसो अनुसन्धानमा मानिसहरुको समाजमा अन्तर, टेस्टिंग, महामारीको स्तर जस्तो कुनै मानकलाई ध्यान नदिएको जनाएको छ ।

बेसिलस क्यालकेट ग्युरीन (बीसीजी) खोप करिब १ सय बर्ष पहिले तयार गरिएको थियो । यसले ट्युबरकुलोसिस वा टीबीका ब्याक्टेरिया विरुद्ध प्रतिरोधी उत्पन्न गर्छ । यसले खोप मानिस प्रतिरोध प्रणाली राम्रो हुन्छ र आफुलाई कयौं संक्रमणले बचाउन सक्छ । खोप कार्यक्रमले ६० बर्षपछि सम्म पनि धेरैजसोलाई टीबीको ब्याक्टेरिया प्रवेश गर्न सकेन । यो खोपले अन्य संक्रामक रोग विरुद्ध पनि मानव शरीरलाइ प्रतिरक्षा प्रणाली बलियो पार्छ, जसतै कोरोनाको संक्रमणलाई मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *