USAID

पेट्रोलियम पदार्थको मूल्य वृद्धि


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एकएकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर १ सय २ रूपियाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपियाँमा बिक्रीवितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । वृद्धि भएको मूल्य आज (शुक्रबार) राति १२ बजेदेखि लागू हुने बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *