बिहीबार १०८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

काठमाडौँ । बिहिबार १ सय ८ जना कोरोना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहिबार थप १ सय ८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८ सय ९१ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ । ५ वटा जिल्ला कोरोना मुक्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *