ओली–प्रचण्ड वार्ता सकियो, भोलिको स्थायी बैठक नरोकिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज भएको वार्ता भर्खरै सम्पन्न भएको छ । वार्ता सकेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट बाहिरिसकेका छन् ।

वार्तामा पार्टीभित्रको विवादका सबै विषयलाई दुबै अध्यक्षले एक–एक गरि राखेको थिए । सबै विषयमा गम्भीररुपमा छलफल भएको र अध्यक्षद्वयबीचको छलफललाई भोलि पनि निरन्तरता दिने कुरामा दुबै शीर्ष नेताबीच सहमति भएको छ । करिब तीन घण्टा चलेको बैठकमा पार्टीको आन्तरिक विवाद सुल्झाउन कसरी अगाडि बढ्ने भन्ने विषयमा विचारविमर्श गरेका थिए ।

भोलिको लागि पूर्वनिर्धारित पार्टीको स्थायी समितिको बैठक स्थगित नगर्ने तथा उक्त बैठकमा दुबै अध्यक्षको उपस्थिति रहने विषयमा पनि मतैक्य देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *