बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका । बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएको छ ।
संविधानअनुसार राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्छ र सेप्टेम्बरमा संसद्ले नयाँ राष्ट्रपतिको चयन गर्नेछ कानुनमन्त्री मो. असादुज्जामानले बताए ।

उनले भने, ‘संसद्को दोस्रो अधिवेशन जुलाई १५ मा समाप्त भएको थियो। तेस्रो अधिवेशन दुई महिनाभित्र, अर्थात् सेप्टेम्बर १४ सम्म बोलाउनुपर्छ ।’ संसद् सचिवालयले शुक्रबार मिडियालाई पुष्टि गरेको छ कि सभामुख हाफिज उद्दिन अहमदले मोहम्मद शहाबुद्दिन चुप्पुको राजीनामापछि संविधानअनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गर्न थालेका छन् ।

सिन्ह्वासँग कुरा गर्दै राष्ट्रपतिको प्रेस सचिव मोहम्मद सरवार आलमले शहाबुद्दिनले गम्भीर बिरामी रहेको उल्लेख गर्दै सभामुखलाई राजीनामापत्र बुझाएको पुष्टि गरे । बङ्गलादेशको संविधानअनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता हुन् ।

प्रधानमन्त्री तारिक रहमानको बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) संसदमा बहुमत रहेकाले त्यसको उम्मेदवार नै बङ्गलादेशको अर्को राष्ट्रपति निर्वाचित हुने व्यापक रूपमा अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *