कपलिबस्तु । १८ वर्षीया किशोरीलाई कपिलवस्तु नगरपालिका–२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–४ महुवा बस्ने अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने लोकनाथ यादव रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटीएको गस्ती टोलीले किशोरीलाई फेला पारी रोईकराइ गरेको अवस्थामा सोधपुछ गर्दा उनीहरुले जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
त्यसैगरी कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ मालुमेला बस्ने नरबहादुर भण्डारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई शुक्रबार दिउँसो जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
