काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार ३ सय ५९ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १२ हजार ४ सय ७३ पिसिआर परिक्षण गर्दा काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ गरी उपत्यकामा ४ सय ८ सहित ३ सय ४९ महिला तथा ६ सय ९२ पुरुष गरी १ हजार ४१ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।
यस्तै २४ घण्टामा १ हजार ५ सय ६६ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ ।
यस्तै देशभर १७ हजार ७ सय ७० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ९ जना संक्रमितको निधन भएको छ । मोरङ, मकवानपुर, र नवलपरासिका १/१ जना महिला तथा काठमाडौँका ३ र पर्सा, महोत्तरी र रुपन्देहीका १/१ जना पुरुष गरी ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या २ सय ८० पुगेको छ ।
