सर्वोच्चद्वारा पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

पौडेलका तर्फबाट पत्नी दोमाया पौडेलले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । राजनीतिक प्रतिशोध राखेर बिनाकुनै प्रमाण र आधारमा पौडेललाई पक्राउ गरेएको भन्दै रिटमा रिहाइको माग गरिएको थियो ।

प्रहरीले गत सोमबार जरूरी पक्राउ पूर्जी दिएर उनलाई सुर्खेतबाट पक्राउ गरेको थियो । मंगलवार विशेष अदालतले पौडेललाई हिरासतमा राखी थप अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *