काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पार्टीको महाधिवेशनमा आफ्नै प्रतिद्वन्द्वीलाई समेत भोट हाल्नुपर्ने प्रावधान राखिएको भन्दै आक्रोश पोखेका हुन् । उनले सामाजिक संजालमा लेखेका छन्, ’संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । No Vote को धज्जी ।’
महाधिवेशनमा व्यवस्थापन प्रक्रियाप्रति थुप्रै महाधिवेशन प्रतिनिधि असन्तुष्ट बनेका छन् । केन्द्रीय सदस्यका उम्मेदवार गणेश कार्कीले भोटिङ मेसिनमा राखिएको नामलाई लिएर असन्तुष्टि जनाएका छन् ।
खुलातर्फका केन्द्रीय सदस्यका उम्मेदवार गणेश कार्कीले प्रारम्भिक सूचीमा आफू भन्दा तल दर्ता भएकाहरूको नाम माथि राखिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, ‘खुलातर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ? प्रश्न छन् ।’
