पुस २७ गते सार्वजनिक बिदा दिन कमल थापाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पुस २७ गते सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेका छन्।

पृथ्वीनारायण शाहले नै नेपाल र नेपालीको पहिचान दिएकाले उनको सम्मानमा पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका मनाउन विदा दिनुपर्ने थापाको भनाई छ ।

‘हामीलाई नेपाली नाम र पहिचान दिनुभयो। उहाँको योगदान कुनै संस्था र प्रणालीसँग सम्बन्धित छैन’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्र निर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो। राष्ट्र निर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रूपमा मनाउन तथा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *