बृद्धाको हत्या गरी टाउको झोलामा बोकेर युवक प्रहरी कार्यालयमा

काठमाडौँँ । धादिङमा २३ वर्षीय एक युवकले ६४ वर्षीय बृद्धको हत्या गरेपछि मारिएका व्यक्तिको टाउको झोलामा बोकेर प्रहरी कार्यालयमा पुगी आत्मसमर्पण गरेका छन् । झट्ट सुन्दा फिल्मी जस्तो पत्यार लाग्न गाह्रो हुने यो आज शुक्रबारको यथार्थ घटना हो । धादिङको नीलकण्ठ नगरपालिका–१३ मा बृद्धको हत्या गरि आत्मसमर्पण गर्ने युवा हुन् २३ वर्षीय राजु परियार । मारिएका व्यक्ति हुन् ६४ वर्षीय सोमबहादुर गुरुङ ।

दुई जनाबीच बाटोमा भएको सामान्य विवादका क्रममा घटना भएको प्रहरीको भनाइ छ। राजुले सोमबहादुरलाई ‘यति राति कता गएर आएको ?’ भनेर सोधेको र त्यसको जवाफमा सोमबहादुरले ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ भनेर जवाफ दिएपछि घटना हुन् पुगेको हो । सोमबहादुरको जवाफबाट रिसले चुर भएका युवकले नजिकैको घरमा खुर्पा मागेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

हत्यापछि सोमबहादुरको टाउको झोलामा लिएर राजु जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *