वीर अस्पतालका ७१ डाक्टर नर्स संक्रमितः सेवा बन्द

काठमाडौँ । नेपालकै सबैभन्दा पुरानो मानिने वीर अस्पतालका ओपीडी सेवा बन्द गरिएको छ । डाक्टर र नर्स गरी एकैचोटि ७१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार र बिहीबारका लागि ओपीडी सेवा बन्द गरिएको छ ।

बीर अस्पतालको सबै संक्रमित स्वास्थ्यकर्मीलाई जमलस्थित एल्लो पगोडा होटलको आइसोलेसनमा लगेर राख्ने तयारी भइरहेको छ । चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएको यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *