हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउने

काठमाडौँ । विश्वको आठौँ अग्लो हिमाल मनास्लु आरोहणका लागि बहराइनका राजकुमार नेपाल आउने भएका छन् । कोरोना महामारीका बीच यही १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिक हिमाल आरोहणका लागि नेपाल आउन लागेको सरकारका प्रवक्ता अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएको हुन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको उनले जानकारी दिएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहेको मन्त्री खतिवडाका अनुसार उनीहरुले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् । समुद्र सतहबाट ८,१६३ मीटर अग्लो मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो ।

उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने डा खतिवडाले जानकारी दिए । यो हिमाल पर्वतारोहणको क्षेत्रमा कोरोना भाइरसको महामारीपछि भएको पहिलो निर्णय भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *