चितवन । एमाले नेता भीम आचार्यले एमाले उम्मेदवारी दिएका छन् । एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् । कोरोना संक्रमण भएपछि उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
१० बुँदे सम्झौता गरेर एमालेमै रहेका नेता आचार्य यसअघि पनि सचिवकै जिम्मेवारीमा थिए । सचिवका लागि नेता योगेश भट्टराईले पनि उम्मेदवारी दर्ता गराएका छन् । भट्टराई ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि परेका छन् ।