चितवनमा ६७ जनामा कोरोना संक्रमित थपिए

चितवन । चितवनमा १० महिने शिशुसहित एकैदिन ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार राति सार्वजनिक विवरण अनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३५ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप ११ जना गरी ६७ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *