सुनसरी । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानमा आज बिहान पौने घण्टाभित्र आमा–छोराको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज आइतबार बिहान मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि हिजो शनिबार प्रतिष्ठानमा भर्ना भएकी आमाको बिहान ८ः३० र छोराको ७ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आमा–छोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझ मात्रै प्रतिष्ठानमा भर्ना भएका थिए । मृतक दुबैमा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।