काठमाडौं। नेपाल प्रहरीका आठ जना डीएसपीलाई एसपीमा बढुवाका लागि बढुवा समितिले सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस हुने डीएसपीहरूमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् । प्रहरी मुख्यालयले केही दिन अगाडि मात्रै आठ जना एसपीहरूको एसएसपीमा बढुवा गरेको थियो ।