आज कुन विदेशी मुद्राको सटही दर कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *