काठमाडौं : चितवनमा पाँच महिने शिशुसहित ४५ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा गरिएको परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुनाको परीक्षण भएको थियो। जसमध्ये २६ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ। तीमध्ये १४ जना रत्ननगर नगरपालिकाका छन्। माडी नगरपालिकाका नौ जनामा र भरतपुर महानगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। बाँकी एक जना तनहुँ, देवाघाट गाउँपालिकाको रहेको अस्पतालले जनाएको छ।
