धादिङ । गल्छी गाउँपालिकाले आज देखि १६ गते सम्म गाउँपालिकाभित्र सञ्चालित अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राखी उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाभित्र कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सेवाबाहेकका सबै सेवालाई १६ गते सम्म सञ्चालन नगर्न पनि गाउँपालिकाले अपिल गरेको छ । गाउँपालिकाभित्र रहेका बित्तीय संस्थालाई पनि हप्ताको दुई दिन मात्रै सञ्चालन गर्न आग्रह गरिएको छ ।
