काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । उनको छातीको परीक्षण गरिएको छ ।
मोहन वैद्य अस्पताल भर्ना
