जर्मनी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको बर्लिन स्थित अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाईएको तथ्य फेला परेको बताएको छ।
बर्लिनको च्यारिते हस्पिटलले जारी गरेको वक्तव्यमा प्रमाणहरुमा उनलाई विषालु पदार्थ दिइएको देखिएको उल्लेख छ। तर रुसमा उनको उपचारमा संलग्न डाक्टरहरुले विषाक्त पदार्थ नदेखिएको बताएका थिए।
रुसको आन्तरिक उडानमा रहेका बेला नाभाल्नी गएको बिहीबार बिरामी परेका थिए। लगत्तै कोमामा गएका उनको सुरुमा रुसमै उपचार भएको थियो। तर ज्यानको जोखिम रहेको भन्दै उनलाई थप उपचारका लागि जर्मनी लगिएको हो।
उनको अहिले चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।
