हेटौडामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौंडामा कोरोना भाइरसबाट संक्रमित बिरामीको संख्या बढ्दै गएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले दिएको जानकारी अनुसार आज हेटौंडाका थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित किटजन्य रोग, अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गत साउन ३२ गते र भाद्र १ गते संकलित स्वाव परीक्षण गर्दा हेटौंडाका थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *