काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले २०७५ जेठ २ गतेको मात्रै नभएको बताएका छन् । बिहीबार काठमाडौं जिल्लास्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिवव पोखरेलले १० बुँदे सहमति कार्यान्वयन गर्ने बताए ।
उनले १० बुँदे सहमति सुझावको रुपमा आएको र पार्टी केन्द्रले यही स्प्रिटका साथ स्वीकार गरिएको बताए । आजको एमाले जेठ २ गतेको एमालेमात्रै भएको भन्दै महासचिव पोखरेलले विकसित र एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नुपर्ने बताए ।
महासचिव पोखरेलले जेठ २ को बुझाइमा एक रुपता हुनुपर्ने बताए । उनले एकता केवल लवजमा बोल्ने प्रिय शव्द मात्र नभएको बताए । उनले सत्ता गठबन्धनले मुलुकको विकास र समृद्धिलाई अवरोध बनाउन खोजेको भन्दै यस्तो अवस्थामा केपी ओली नेतृत्वको नेकपा एमालेले राष्ट्रिय राजनीति मुल धारका रुपमा रहेको बताए ।
उनले एमाले संविधान र विधिलाई मान्ने भएकाले २०७९ बैशाख १० भित्र दशौं राष्ट्रिय महाधिवेशन गर्नुपर्ने भएकाले त्यो मान्यतामा अघि बढेको बताए ।
