प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सरकारकाे नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने सरकारी निर्णयको कार्यान्वयन रोक्न न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

यो आदेशले हाल कार्यरत कार्यवाहक अध्यक्ष श्रेष्ठलाई काम गर्न रोक नलाग्ने भएको छ । सर्वाेच्चकाे आदेशपछि कार्यवहाक अध्यक्ष श्रेष्ठले प्रेस काउन्सिलकाे स्वायत्तत्ता जाेगिएकाे प्रतिक्रिया दिएका छन् ।

गत सोमबारको मन्त्रिपरिषदको बैठकले काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाई कास्कीकी दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो ।

यो निर्णयलगत्तै प्रेस काउन्सिलको स्वायत्तता र अधिकार हस्तक्षेप भएकाे तथा गैर कानुनी बाटो अवलम्बन गरेर सरकारले कार्यबाहक अध्यक्षबाट हटाएको भन्दै श्रेष्ठको ‘टिम’ ले अस्ति भदौ १ गते ओली सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियाे ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठका तर्फबाट सदस्य चेतनाथ धमलाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *