च्याम्पियन्स लिग: समूहचरणको ड्र सार्वजनिक

एजेन्सी । युईएफए च्याम्पियन्स लिग २०२१/२२ सिजनको समूहचरणको ड्र सार्वजनिक भएको छ । टर्कीको इस्तानबुलमा सम्पन्न ड्र समारोहमा सहभागी ३२ टोलीलाई ८ समूहमा बिभाजन गरिएको हो ।

हरेक समूहमा ४/४ टोली रहेका छन् । समूहको शिर्ष दुई स्थानमा रहने टोली अन्तिम १६ को लागि छनोट हुनेछन् । यस्तै हरेक समूहको तेस्रो स्थानमा रहने टोली युरोपा लिगको प्लेअफमा पुग्नेछन् भने समूहको अन्तिम स्थानमा रहने टोलीहरु प्रतियोगिताबाट बाहिरिनेछन् ।

यो पनि :- फेरिपनि बायर्न म्युनिख विरुद्ध बार्सिलोना

समूहहरु

समूह ए:- म्यानचेस्टर सिटी(इङ्ल्यान्ड), पेरिस सेन्ट जर्मन(फ्रान्स), लाइपजिग(जर्मनी) क्लब ब्रुग(बेल्जियम)

समूह बी :- एथ्लेटिको म्याड्रिड(स्पेन), लिभरपुल(इङ्ल्यान्ड), पोर्टो(पोर्चुगल), एसी मिलान(इटाली)

समूह सी :- स्पोर्टिङ सिपी(पोर्चुगल), बोरुसिया डर्टमण्ड(जर्मनी), आयाक्स(नेदरल्यान्ड्स), बिसिक्टास(टर्की)

समूह डी :- इन्टर मिलान(इटाली), रियल म्याड्रिड(स्पेन), शाख्तर डोनेटेक्स(युक्रेन), शेरिफ(मोल्डोभा)

समूह ई :- बायर्न म्युनिख(जर्मनी), बार्सिलोना(स्पेन), बेन्फिका(पोर्चुगल), ड्यानामो किभ(युक्रेन)

समूह एफ :- भिल्लारियल(स्पेन), म्यानचेस्टर युनाइटेड(इङ्ल्यान्ड), एटलान्टा(इटाली), योङ ब्वाइज(स्वीजरल्यान्ड)

समूह जी :- लिल(फ्रान्स), सेभिल्ला(स्पेन), साल्जबर्ग(अष्ट्रिया), वोल्फस्बर्ग(जर्मनी)

समूह एच :- चेल्सी(इङ्ल्यान्ड), युभेन्टस(इटाली), जेनिट(रसिया), माल्मो(स्वीडेन)

समूह चरणको खेल कहिले हुन्छ ?

समूह चरण

पहिलो खेल:- १४/१५ सेप्टेम्बर

दोस्रो खेल:- २८/२९ सेप्टेम्बर

तेस्रो खेल:- १९/२० अक्टोबर

चौथो खेल:- २/३ नोभेम्बर

पाचौ खेल:- २३/२४ नोभेम्बर

छैटौं खेल:- ७/८ डिसेम्बर

अन्तिम १६ ड्र:- १३ डिसेम्बर

अन्तिम १६

पहिलो लेग :- १५/१६/२२/२३ फेब्रुअरी

दोस्रो लेग :- ८/९/१५/१६ मार्च

क्वाटरफाइनल र सेमिफाइनल ड्र :- १८ मार्च

क्वाटरफाइनल

पहिलो लेग :- ५/६ अप्रिल

दोस्रो लेग :- १२/१३ अप्रिल

सेमिफाइनल

पहिलो लेग :- २६/२७ अप्रिल

दोस्रो लेग :- ३/४ मे

फाइनल :- २८ मे (सेन्ट पिटर्सबर्ग स्टेडियम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *