फेरिपनि बायर्न म्युनिख विरुद्ध बार्सिलोना

एजेन्सी । युईएफए च्याम्पियन्स लिगको समूहचरणमा बायर्न म्युनिख र बार्सिलोना भिड्ने भएका छन् । इस्तानबुलमा जारी समूहचरणको ड्रमा जर्मन क्लब बायर्न र स्पेनिस क्लब बार्सिलोना एउटै समूहमा परेका हुन् ।

यसअघि दुई टोलीबिचको भेट च्याम्पियन्स लिग २०१९/२० सिजनको क्वाटरफाइनलमा भएको थियो । लिस्बोनमा भएको उक्त खेलमा बार्सिलोनाले बायर्नसँग ८-२ गोलको लज्जास्पद हार बेहोरेको थियो । त्यसैले बार्सिलोनालाई यसपटक बायर्नमाथि बदला लिने अवसर मिलेको छ । तर बायर्नमाथि बदला लिन बार्सिलोनालाई सहज भने पक्कै छैन ।

यस सिजन बार्सिलोना सुपरस्टार खेलाडी लियोनल मेस्सीबिना रहेको छ । त्यसैले टोलीको महत्त्वपूर्ण सदस्य गुमाएको बार्सिलोनाले उच्च फर्ममा रहेको बायर्नमाथि सकारात्मक नतिजा निकाल्न पक्कैपनि कडा मिहेनत गर्नुपर्ने देखिन्छ । झन्डै २१ वर्षपछि मेस्सी बर्सिलोना छोड्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पुगेका हुन् । यस्तै दुई ठुला क्लब पिएसजी र म्यानचेस्टर सिटीपनि च्याम्पियन्स लिगको एउटै समूहमा परेका छन् । सिटी र पीएसजी,आरबी लाइपजिग र क्लब ब्रुगसँगै समूह ‘ए’ मा परेका हुन् ।

च्याम्पियन्स लिगको सम्पूर्ण ड्र हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *