बीरगन्ज । कोरोना संक्रमणको इपी सेन्टर बन्दै गएको पर्सामा १३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ४६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालक देखि ७० वर्षका वृद्ध पुरुष रहेका छन् ।
मंगलबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बाराका ८ जना, पर्साका १ सय ३८ जना र सप्तरी जिल्लाका १ जना सहित थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
