फेदीखोला गाउँपालिकामा नैतिक शिक्षा लागू गर्न विश्व हिन्दू युवा संघको पहल

स्याङ्जा । विश्व हिन्दू युवा संघ स्याङ्जाले फेदीखोला गाउँपालिकामा नैतिक शिक्षा लागू गर्न पहल गरेको छ । जिल्लाका विभिन्न पालिकाको विद्यालय तहमा नैतिक शिक्षाको आवश्यकता रहेको जनाउदै आएको संघले आइतबार फेदीखोला गाउँपालिकालाईपनि ज्ञापन पत्र बुझाएको हो ।

विश्व हिन्दू युवा संघ स्याङ्जाका नेता सञ्जय कार्कीको नेतृत्वमा गएको टोलीले गाउँपालिका प्रमुख घनश्याम सुवेदीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका प्रमुख सुवेदीले नैतिक शिक्षा अहिलेको आवश्यकता भएको र गाउँपालिकामा अहिले लागू भइसकेको र थप परिमार्जित गर्दै लैजाने बताए ।

अबको केही दिनमा सम्पूर्ण पालिकाहरुलाई ज्ञापन पत्र बुझाएर गण्डकी प्रदेशमा पनि बुझाउने कार्यक्रम रहेको विश्व हिन्दू युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेलले बताए । विद्यालय तहमा नैतिक शिक्षा लागू गराउन हरेक व्यक्तिले हरेक ठाँउबाट पहल गर्नुपर्ने पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *