आज पनि भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी भागमा रहेकाले मध्य र पूर्वको तुलनाका सुदुर पश्चिमका केही ठाउँमा भारी वर्ष हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर समान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *