गच्छदारलाई १० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश

काठमाडौं। बुधबार बिहान विशेष अदालतमा उपस्थित भएको कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई १० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता पुष्पराज पाण्डेयले धरौटीमा छाड्ने आदेश भएको बताएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार बुधबार बिहान १० बजे अदालत उपस्थित भएका थिए । उपरजिस्ट्रार पाण्डेयका अनुसार बिहान १० बजेबाट शुरु भएको बयान दिउँसो २ बजे सकिएको थियो ।

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धन आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *