कालिकोटमा भीषण पहिरो, ६ को मृत्यु

मान्मा । कालिकोटको महाबै गाउँपालिका– ३ को नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।
मध्यरातमा आएको पहिरोका कारण वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको बताइएको छ ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै तिजको रमाइलो गर्न त्यहाँ जम्मा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *