जसपा अब कता?

काठमाडौं। दुई धारमा बाडिएको जनता समाजवार्दी पार्टी सर्वोच्चको फैसला पछि पनि अलग अलग बाटोमा जाने भएको छ। फैसलापछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने भएको छ, महन्थ ठाकुर पक्ष भने विपक्षमा जाने भएको छ।

फैसलालगत्तै विपक्षी गठबन्धनले गरेको बैठकमा सहभागी हुन जसपाका अध्यक्ष उपेन्द्र यादवसहित यादव पक्षका नेताहरू कोटेश्वर पुगेका थिए। यता ठाकुर पक्षका नेताहरू पार्टी कार्यालय बबरमहलमा अनौपचारिक बैठक गरी सर्वोच्चको फैसलालाई अप्रत्यशित भएको प्रतिक्रिया दिएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *