अष्ट्रियालाई हराउँदै क्वाटरफाइनल पुग्ने दाउमा इटाली

एजेन्सी । युरोकप २०२० को अन्तिम १६ अन्तर्गत आज हुने अन्तिम १६ को दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दैछन् । वेम्बली रगंशालामा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

समूहचरणको तिनै खेलमा सतप्रतिशत जित निकाल्दै शिर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको इटाली आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । उपाधिको बलियो दाबेदार मानिएको इटालीले आफ्नो पछिल्लो ११ खेलमा जित निकालेको छ भने ३० खेलमा अपराजित रहेको छ । तर इटालीको लागि फाइनलको बाटो भने सहज छैन । अष्ट्रियालाई पराजित गरेको खण्डमा इटालीको क्वाटरफाइनलमा भेट बेल्जियम र पोर्चुगलबिचको विजेतासँग हुनेछ । यस्तै सेमिफाइनलमा स्पेन, फ्रान्स र क्रोएसिया मध्य एक टोलीसँग हुनेछ ।

यता अष्ट्रियापनि आजको खेलमा इटालीको अपराजित यात्राको अन्त्य गर्दै क्वाटरफाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । अष्ट्रिया समूह ‘सी’बाट दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले समूहचरणको खेलमा नर्थ म्यासेडोनिया र युक्रेनलाई पराजित गरेको थियो हुने नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो ।

दुई टोलीबिच भएको ३५ भेटमा १६ खेल इटालीले जितेको छ भने ११ खेल अष्ट्रियाले आफ्नो पोल्टामा पारेको छ । बाँकी ८ खेल बराबरीमा सकिएको छ ।

यो पनि :- युरोकप २०२०: वेल्स र डेनमार्क भिड्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *