युरोकप २०२०: वेल्स र डेनमार्क भिड्दै

एजेन्सी । युरोकप २०२० अन्तर्गत आज हुने अन्तिम १६ को पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दैछन् । वेल्स समूह ‘ए’ को दोस्रो स्थानमा रहदै अन्तिम १६ मा प्रवेश गरेको थियो भने डेनमार्कले समूहचरणको पहिलो दुई खेलमा पराजित भएपनि समूह ‘बी’ बाट दोस्रो स्थानमा रहदै नकआउट चरणको बाटो कोरेको हो ।

पाँच वर्ष अगाडिको युरोकपमा सेमिफाइनलसम्मको यात्रा गरेको वेल्स यसपटकपनि आफ्नो यात्रालाई यादगार बनाउने दाउमा रहेको छ । समूह चरणको अन्तिम खेलमा इटालीसँग १-० गोलले पराजित भएको वेल्सले पहिलो खेलमा स्वीजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा टर्कीलाई २-० गोल पराजित गरेको थियो ।

यता डेनमार्क युरोकपको इतिहासमा पहिलो दुई खेल हारेरपनि नकआउट चरण प्रवेश गर्ने पहिलो टोली बनेको छ । पहिलो खेलमा फिनल्यान्डसँग १-० गोलको हार बेहोरेको डेनमार्क दोस्रो खेलमापनि बेल्जियमसँग २-१ गोलले पराजित भएको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा रसियालाई ४-१ गोलले पराजित गर्दै डेनमार्कले नकआउट चरणको बाटो तय गरेको थियो ।

दुई टोलीबिच भएको पछिल्लो दुवै भेटमा डेनमार्कले वेल्सलाई पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *