कोरोना संक्रमितको दाहसंस्कारमा गएका १५ सय मलामीको बसोबास क्षेत्र शील

काठमाडौँ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिताको दाहसंस्कारमा सहभागी १५ सयलाई क्वोन्टिनमा बस्न सरकारले निर्णय गरेसँगै मलामीको बसोबास क्षेत्र बाह्रबिसे नगरपालिकाले आजदेखि शील गरेको छ ।

बाह्रबिसे नगरपालिका कार्यालयले आज एक सूचना जारी गर्दै दाहसंस्कारमा सामेल भएका, दिवंगतका परिवारसँग भेटघाट गरेका र त्यस क्षेत्रका सबै सर्वसाधारणलाई अर्काे सूचना जारी नभएसम्म आ–आफ्नै घरमा क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

बाह्रबिसे नगरपालिककी उपप्रमुख शुशीला पाख्रीलद्वारा जारी सूचनामा नगरपालिकाको पूर्वको वडा नम्बर ४, वडा नं. २, कर्थली बुदेपा, उत्तरपट्टि वडा नं. ३ को खाग्दल खोला, पश्चिम वडा नं. ९ को राम्जे बजार क्षेत्र र दक्षिणतर्फ शारदा माध्यमिक विद्यालय क्षेत्र सुनकोशी बजारको सीमानासम्म चार किल्लाभित्र मानिसहरुको आवाज जावत गर्न पूर्णरुपमा निषेधित गरिएको जनाइएको छ । त्यसैगरी उक्त क्षेत्रमा सवारी साधन चलाउन पूर्णरुपमा निषेधित गरी व्यापार, व्यवसायलगायत अन्य क्रियाकलाप बन्द गरी शील गर्ने निर्णय गरिएको सूचनामा जनाइएको छ ।

नेपाली कांग्रेसका नेतासमेत रहेका बस्नेतका ८४ वर्षीय पिता खड्कबहादुर बस्नेतको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजंगमा उपचारको क्रममा यही साउन २२ गते निधन भएको थियो । सोही दिन उनको शव गृह जिल्ला पुर्याई धार्मिक विधिअनुसार दाहसंस्कार गरिएको थियो । दाहसंस्कारमा करिब १५ सय जनाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *